गौर, १५ पुस । रौतहटको एक विद्यालयमा म्याद नाघेको सेनिटरी पैड वितरण गरिएको छ । जिल्लाको ईशनाथ नगरपालिकामा सञ्चालित एक विद्यालयले म्याद नाघेको सेनिटरी पैड वितरण गरेको पाइएको हो ।
ईशनाथ नगरपालिका वडा नं– ९ मा रहेको श्री महेन्द्र राय यादव प्रथमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई म्याद नाङ्गघेको सेनिटरी पैड र भारतीय अण्डा वितरण गरिरहेको पाइएो छ । छिमेकी राष्ट्र भारतसँग सिमा जोडिएको सो विद्यालयमा गुनस्तरहीन खाजा समेत विद्यार्थीलाइ खुवाउने गरेको अविभावकहरुको भनाइ रहेको छ । यस विषयमा प्रधानाध्यापक सँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल सुइच अफ रहेको थियो ।

