रौतहटसहित तराईमा शीतलहर, जनजीवन प्रभावित

रौतहट, १५ पुस । रौतहटसहित तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् । बजार क्षेत्र सुनसान बनेको छ भने चिसो छल्न चोकचोकमा आगो बालिएको छ ।

चिसो बढेसँगै त्यसको मारमा विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी परेका छन् । एक्कासी चिसो बढेका कारण श्वासप्रश्वासको समस्या भएका विरामीको संख्या बढेको अस्पतालहरुले जनाएका छन् ।
चिकित्सकहरुले चिसोबाट बच्न न्यानो कपडा लगाउन र तातो झोलिलो पदार्थ खान सुझाव दिएका छन् । चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी, पखला, निमोनिया, ब्रोङकाइटिस, दम, मुटुरोग र भाइरल ज्वरोले सताउने गरेको छ ।

ताजा समाचार

Related Articles