रौतहट १३ पुस
रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार प्रहरी र सञ्चारकर्मीबिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख डिएसपि गौरव महत र चन्द्रपुरका सञ्चारकर्मीहरुबिच अन्तरकृया र परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । आफ्नो कार्य क्षेत्रको शान्ति सुरक्षा , दुर्घटना न्युनिकरण र अपराध न्युनिकरण लगायतका बिषयमा कार्यक्रममा छलफल भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पत्रकारहरुलाई प्रहरीले सुचना दिन ढिला गर्न नहुने पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले प्रहरीलाई आग्रह गर्नु भएको छ । सामजमा शान्ति सुरक्षालाई बलियो बनाउन सञ्चार माध्यामको भुमिका महत्वपुर्ण रहने डिएसपि महतले बताउनु भएको छ । कार्यक्रममा सञ्चारकर्मी संजय कार्की , मनोज साह, सुब्बा कार्की , फणि महत लगायत चन्द्रपुरका सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

