रौतहटको एक विद्यालयको हाजिर झाेलामा विद्यार्थी बोरामा

रौतहट १३ पुस
रौतहट राजपुरको एक विद्यालयका विद्यार्थीहरु धुलो र बोराको सहारामा अध्ययन गर्ने गरेको पाइएको छ । रौतहटको राजपुर नगरपालिकको वडा नम्बर ९ बैरियामा सञ्चालनमा रहेको महालक्ष्मी आधारभुत विद्यालयका विद्यार्थीहरु भौतिक सामग्रीहरुको अभावमा भुइमा बोरा ओछ्याएर अध्ययन गर्ने गरेको पाइएको छ । सो विद्यालयमा आवश्यक भौतिक सामग्रीहरु केही नरहेको पाइएको छ । विद्यार्थीहरु आउछन , भुइमा बोरा ओछ्याउछन अनि त्यही धुलोमा बसेर पढ्छन धुलो टकटक्याउदै घर फर्कने गरेको पाइएको छ । विद्यालयमा विद्यार्थीहरुका लागी डेक्स , बेन्च त कुरै छोडौ शिक्षकहरुका लागी कार्यालय समेत छैन । विहिबार २५ जना विद्यार्थीहरु उपस्थित रहेको सो विद्यालयको तथ्यांकमा भने ३४४ जना विद्यार्थीहरु रहेको पाइएको छ । कक्षा ४ सम्म कक्षा सञ्चालन भएको सो विद्यालयका शिक्षक विद्यार्थी सबै जनाले खुल्ला स्थानमा शौच गर्दै आएका छन । सो विद्यालयमा ३ थान प्लास्टिकको कुर्सि बाहेक अरु कुनै भौतिक सामग्री नरहेको पाइएको छ । विद्यालयको कार्यालय , कुर्सि , टेबल कुनै पनि कार्यालय सामग्री नभएकाले आफुले एक झाेलामा नै हाजिर रजिस्टर विद्यालय आउदा लिएर आउने र जादा लिएर जाने गरेको सोही विद्यालयका प्रधानाध्यापक शेख अलाउदिनले बताउनु भएको छ । पुरानो विद्यालय भवन जिर्ण अबस्थामा रहेका र राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम अर्न्तगत २५ लाख रकमले पक्की २ कोठे भवन अधुरो रहेको र सोही अधुरो भवनमा अहिले कक्षा ४ सम्मका कक्षा भुइमा नै सञ्चालन गर्दै आएको पाइएको छ । २ बाल विकास शिक्षिका , १ जना कार्यालय सहयोगी र एक जना प्रधानाध्यापक गरि ४ जना कर्मचारी सो विद्यालयमा कार्यरत रहेको पाइएको छ । विद्यालयमा न त विद्यार्थीहरुलाई अध्यापन गर्न बोर्ड छ न त डेक्स बेन्च , न आफु बस्न कुर्सि नै भन्दै एक शिक्षिकाले दुखेसो पोख्नु भएको छ । अध्यापन गराउन त जसोतसो गर्ने गरेको तर शौच लाग्दा कहा गर्ने भन्ने चिन्ता बढी लाग्ने गरेको उहाको भनाइ रहेको छ । विद्यालय जादा शौच गर्ने चिन्ता हुने गरेको बताउनु भएको छ । शुद्ध पानीको ब्यबस्था नहुदा बालबालिकाहरुमा हैजा फैलने त्रास उनीहरुको रहेको पाइएको छ । आफ्नो नगरपालिकामा रहेको विद्यालयहरुको स्तर उन्नति गर्न ध्यान केन्द्रित रहेको नगर प्रमुख डा.राजिक आलमले बताउनु भएतापनि सो विलालयको अबस्था नाजुक रहेको पाइएको छ । नगरपालिका क्षेत्रका १५ ओटा विद्यालयको अबस्था सन्तोषजनक नरहेको प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारको भनाइ रहेको छ । सो विद्यालयहरुको अबस्था बारे कार्यपालिका बैठकमा छलफल गरिने रौनियारले बताउनु भएको छ ।

ताजा समाचार

Related Articles