रौतहट,१२ पुस । गाँउपालिकाको शिक्षा शाखाकै मिलेमतोमा रौतहटको एक विद्यालयमा व्यापक आर्थिक अनियमिता भएको गुनासो आएको छ । रौतहट जिल्लाकै पुरानो दुर्गा भगवती गा“उपालिकामा रहेको एक विद्यालयमा व्यापक आर्थिक अनियमिता भएको भन्दै विद्यालयकै शिक्षले अख्तियारमा उजुरी दिएका छन् ।
गाँउपालिकाका शिक्षा शाखा प्रमुखकै मिलेमतोमा करारका शिक्षकलाई विद्यालयको प्रधानाध्यापक बनाएर नियम कानुनको धज्जी उडाएको भन्दै उजुरी परेको हो ।
दुर्गा भगवती गा“उपालिका वडानं २ सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाका प्रधानाध्याक र खरिदारको मिलेमतोमा बिभिन्न शिर्षकमा लाखौ आर्थिक अनियमिता भएको भन्दै सोही विद्यालयका शिक्षक विपिन कुमार माण्डेयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा उजुरी दर्ता गराएका हुन । दुर्गा भगवती गाउँपालिका वडा नं. ०२ टोल भलोहिया अन्तर्गत सन्चालित जिल्लाकै दोस्रो विद्यालयको रुपमा चिनिने श्री सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा पाँच जना मा.शि. तृतिय श्रेणीका शिक्षक हुँदा हुदै शिक्षा ऐन नियमावली विपरीत गाउँ पालिका बाट नि. प्र.अ. को जिमेवारी प्राप्त गरेको १०+२ मा कार्यरत करारको शिक्षक श्री वीरेन्द्र कुमार ठाकुर र लेखाको काम गर्ने खरिदार श्री अग्रज कुमार पाण्डेयले आर्थिक ऐन नियम विपरीत सरकारी निकायबाट प्राप्त स–शर्त अनुदानको रकमलाई निजि खाता को रकम ठानी अनियमिता गरेको भन्दै उजुरी परेको हो । साविक सनराईज हालको लक्ष्मी सनराईज बैंक गंगा पिपरा स्थित विद्यालयका खाताबाट विभिन्न पसलको नाममा ठुलो रकम भुक्तानी गरी आर्थिक अनियमितता गरेको भन्दै शिक्षक विपिन पाण्डेयले उजुरी गरेका हुन ।
जानकि पुसतक पसल प्रियान्सु पुसतक पसल जानकि पुसतक पसल जानकि पुसतक पसल ४,८८,०००÷– १,९१,८८५ रु– दुगर्गा भगवती गाउँपालिकाबाट विद्यालयलाई प्राप्त सशतं अनुदान रकम रु. ५७००००÷– दिवा खाजा तथा राष्ट्रपति शैक्षिक सुधार कार्यकम रु ६५००००÷– पाठ्यपुस्तकबाट रुः ९४१०००÷–अनियमिता गरेको आरोप छ ।
सो विद्यालयमा खरिदार पदमा कार्यरत रहेका अग्रज पाण्डेय र प्रधानाध्यापक साह रविन्द्र झालाई अख्यिार दुरुपयोग अनुसन्धान आयोगले २०६६÷२÷५ गतेको निर्णय अनुसार १ लाख ४८ हजार पा“च सय रुपैया असुल उपर गरि बिभागिय कार्वाही समेत गरिसकेको छ ।
२०६६ सालमा बिभागिय कार्वाहीमा परेका खरिदार अग्रज कुमार पान्डेयले पछिल्लो समय आएर समेत व्यापक आर्थिक अनियमिता गरेको र उनीमाथि कडा भन्दा कार्वाहीको माग गर्दै सोही विद्यालयका शिक्षक विपिन कुमार पाण्डेयले अख्तियारमा उजुरी दिएका हुन ।

