बारामा झडप हुदा एकको मृत्यु १० घाइते

रौतहट २७ मंसिर
बारामा प्रमुख प्रशासकिय अधिकृतलाई नगरपालिकामा हाजिर गराउने क्रममा असन्तुष्ट पक्ष र प्रहरीबिच झडप हुदा एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन ।
बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा महेश मिश्रलाई हाजिर गराउन लिन जादा प्रयोग गरेको सरकारी गाडी बा २ झ ४३५४ नम्बरको गाडीमा तोरफोड गरेकोपछि प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो । सोही क्रममा स्थिती नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । आन्दोलन गर्न पुगेका सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १ का बर्ष २५ का लक्ष्मी मुखियालाई प्रहरीको गोली लागेको थियो । उहाको उपचारको क्रममा विरगञ्ज स्थित नारायणी अस्पतालमा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले बताउनु भएको छ । सो नगरपालिकामा नया प्रमुख प्रशाकिय अधिकृत महेश मिश्रलाई हाजिर गराउन लिन गएको गाडीमा तोडफोड गरेपछि स्थिती अनियन्त्रित भएको थियो । गाडीमा आगजनी गरेपछि प्रहरी र आन्दोलत समुहबिच झडप भएको थियो । झडपमा नगर प्रमुख किशोरी साह कलवार पक्षका र आन्दोलनकारी दुवै पक्षका गरि १० जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताउनु भइको छ ।

ताजा समाचार

Related Articles