रौतहट,१ पुस । डिभिजन वन कार्यालय रौतहट अन्र्तगतको जुडिबेला र बागमती सव वन डिभिजन कार्यालयका प्रमुख सुरेश कुमार महतोले केही सामुदायीक वनका पदाधिकारीले आफु् माथि लगाएको आरोप निराधार भएको बताएकाछन् । बागमती र जुडिबेला सामुदायीक वनका केही पदाधिकारीले आफुमाथि लगाएको आरोप निराधार भएको बताएका हुन । शनिबार बागमती सव वन डिभिजन कार्यालयमा संचारकर्मीहरुसंग कुरा गर्दै महतोले जुडिबेलामा रहेको नमुना सामुदायीक वनका अध्यक्ष बिनोद चौधरीले एक संचारमाध्यममा आफु बिरुद्ध लगाएको आरोप निराधार भएको दावी गरेका हुन । नमुना सामुदायीक वनका अध्यक्ष चौधरी आफै सामुदायीक वनको नियम विपरित काम गर्दै हिडेको र आफुले त्यसरी नगर्न भनेपछि आफु बिरुद्ध खनिएको महतोको भनाइ रहेको छ ।
केही संचारकर्मीलाई उचालेर चौधरीले आफ्नो बिरुद्ध बिष बमन गरेको सहायक वन अधिकृत महतोको भनाइ रहेको छ । आफुले बागमती बगरमा भण्डार गरेर राखेको अबैध ढुंगाको बिषयमा जाँचबुझ अगाडि बढाएकाले समेत केही मान्छे आफ्नो बिरुद्ध लागेको महतोको भनाइ रहेको छ ।
पछिल्लो समयमा आफ्नो कमाण्डमा खटिएको टोलीले चोरी तस्करीको नियन्त्रण तथा काठ धमाधम बरामद गर्न थालेपति अत्तालिएका चोर तस्करका मतियारहरु आफ्नो बिरुद्ध मिडियामा गलत प्रचार गर्न थालेको सहायक वन अधिकृत महतोले बताए ।

