रौतहट २६ मंसिर
रौतहटमा १६ अग्नि पिडितहरुको घर निर्माण नहुदा उनीहरुको बिजोग भएको बताएका छन । रौतहटको माधव नारायण नगपालिकाको वडा नम्बर ४ मानपुरमा गत बैशाषमा १६ घर आगलागी हुदा उनीहरु घरविहिन भएका थिए । गत बैशाषमा भएको आगलागी हुदा घर पुर्ण रुपमा घर जलेर नष्ट भएको थियो । हालसम्म उक्त अग्नि पिडितहरुको घर निर्माण नहुदा जाडो मौसममा आकाश मुनिको बास भएको छ । सो १६ घर निर्माण गर्नका लागी माण्डवी नामक संस्थाले जिम्मा लिइएको भएतापनि घर निर्माण कार्य अधुरो नै छोडेर सम्पर्क विहित भएको पिडितहरुले तराई पोष्टलाई जानकारी दिनु भएको छ । जिल्ला विपद व्यवस्थापन समितिसंग अग्नि पिडितहरुलाई पुर्नवासका लागी घर बनाइ दिने प्रतिबद्धता गरेको माण्डवी संस्थाले घरको फउण्डेसन मात्र निर्माण गरेर अलपत्र छोडेपछि पिडितहरुको विचल्ली भएका हुन । घर निर्माण गर्न आएको माण्डवीले ऋण लिएर खर्च गराएको तर घर निर्माण कार्य अधुरो राखेको अग्नि पिडित महेश मुखियाका पत्नी राजपति देवी मुखियाले बताउनु भएको छ । ३ किस्तामा १ लाख ५० हजार संस्थाले दिइएको र आफैले १ लाख ० हजार ऋण लिएर घर निर्माणको कार्य सञ्चालन गरेकोमा माण्डवी संस्थाले घरको फउण्डेसन मात्रै निर्माण गरेर फरार भएको पिडितहरुले बताएका छन । समयमा घर निर्माणको कार्य सम्पन्न नभएकाले पिडितहरु बर्षात हुदा अरुको घरमा शरण लिनु पर्ने र जाडो समयमा कष्टकर जिवन विताउन बाध्य भएको पिडित लिला देवीले बताउनु भयो । सो घटना भएपछि मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्रि कृष्ण यादव अवलोकन गर्ने क्रममा घर बनाइ दिने आश्वसन दिएको तर घर निर्माणको कार्य भने नभएको पिडित बद्री भगतको भनाइ रहेको छ । माण्डवीले घर निर्माण गर्ने प्रतिबद्धता गरेको तर घर निर्माण नगरेको गुनासो आएकोले सो बिषयमा आफुले निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले बताउनु भएको छ ।

