एनआईसी एशिया बैंकबाट पेटभर्वाका सरोज यादवको १ लाख ४९ हजार रकम गायब

गौर, २६ मंसिर । पछिल्लो समय एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित रहेको पाइएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना सेवाग्राहीको १ लाख ४९ हजार रुपैयाँ गायब भएको हो । गौर शाखामा चमत्कारिक बचत खाता सञ्चालन गरेका स्थानीय फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा निवासी सरोज राय यादवको खाता नम्बर ४६८७७३४१५२५२४००१ बाट ७ डिसेम्बर ०२३ मा ५०÷५० हजार दुई पटक खल्ती लोड ९३० ९४९७५÷९७०३६४७०६९ मा तथा ४९ हजार १० रुपैयाँ १८७० ९७६६५०९०००१७ मा ट्रान्सफर भएको एनआईसी एशिया शाखाले खाता बालालाई दिएकोस्टेटमेंटमा देखिन्छ । यो खबर आजको जनकपुर टुडेमा छापिएको छ ।
एनआईसी एशिया बैंख कोलभी शाखामा १७ अक्टूबर ०२३ मा १ लाख ४९ हजार रकम जम्मा गरेका पीडि़त सरोज राय यादवले २०८० मङ्सिर २१ गति बेलुकी पैसा झिकिएको सन्देश मोबाईलमा आएपछि खाताबाट रकम गायब भएको थाहा पाएको बताएका छन् ।
खातामा राखेको रकम गायब भएको विषयमा गौर शाखामा बुझन जाँदा शाखाका सहायक प्रबन्धकले तपाईले मोबाइल बैंकिंग सेवा प्रयोग गरेको भने जवाव दिएको पीडि़तले बताए ।
मोबाईल बैंकिंग सेवा प्रयोग नगरेको र गरेको प्रमाण दिन सहायक प्रबन्धकलाई भन्दा केही जवाव नदिएकोले बैंकको कर्मचारीको मिलेमतोमा रकम गायब भएको आरोप यादवको रहेको छ ।
घरमा रकम राख्दा असुरक्षित हुने खतरा रहेकोले बैंकमा सुरक्षित हुन्छ भने रकम बैंकमा राख्दा पनि असुरक्षित हुने भएकोले रकम कहाँ राख्ने भने चिन्ताको विषय समेत बनेको छ ।बैंकबाट गायब भएको रकमको विषयमा छानविन गरी रकम फिर्ता दिनुपर्ने समेत पीडि़तले माग गरेका छन् ।

ताजा समाचार

Related Articles