रौतहटमा करेन्ट लागेर गोरुसहित एक जना किसानको मृत्यु


रौतहट, २३ मंसिर । रौतहटमा करेन्ट लागेर गोरुसहित एक जना किसानको मृत्यु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं–७ लौकाहामा शनिबार बिहान हलो जोतिरहेका स्थानीय किसान बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।
लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको जिल्ला प्रहरी रौतहटका इन्स्पेक्टर झलक शर्माले जानकारी दिएको छ ।
घटनाको सुचना पाएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमाण्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकिन भैनसकेको शर्माले बताए ।

ताजा समाचार

Related Articles