रौतहट १८ मंसिर
रौतहटमा पर्यटकिय स्थलको रुपमा थप एक स्थानले ब्यापकता पाउने भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मा पर्ने गोल्मा राजा बौद्ध विहारमा शनिबार २ करोडको लगानीमा ९ फिट उचाईको भगवान बुद्धको मुर्ति स्थापना गरिएको छ । स्थानियको अथाह प्रयास पछि सो स्थानसम्म पुग्नका लागी कच्ची सडकको निर्माण गरेको थियो । सडक निर्माण भएसंगै सो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने आकलन गरेका छन । सो स्थानमा करिव ३ सय बर्ष पहिला सेन बंशका राजाको दरबार रहेको बौद्ध भिक्षु भान्तेमेधकर स्तविरको भनाइ रहेको छ । शनिबार बुद्धको मुर्ति स्थापना भएसंगै सो स्थानमा धार्मिक पर्यटकिय स्थलको स्थलको रुपमा विकास गर्नुका साथै ध्यान केन्द्रका रुपमा विकास गराउनका लागी मुर्ति स्थापना गरिएको स्थानिय अगुवाहरुले जनाएका छन । सो स्थानको विकास र प्रबर्द्धनका लागी स्थानिय सरकार , प्रदेश सरकार र केन्द्रिय सरका समेत लागी पर्नु पर्ने स्थानियको भनाइ रहेको
छ ।

