तामाङ समाज यूएईद्धारा एक विद्यालयलाई १ लाख ५५ हजार सहयोग हस्तान्तरण

काठमाडौ १७ मंसिर
तामाङ समाज यूएईले शिक्षाका लागी समाज कार्यक्रमबाट संकलन भएको रकम शनिबार हस्तान्तरण गरेको छ । काभ्रेको तेमाल गाउपालिकाको वडा नम्बर ९ चोपाटारमा सञ्चालनमा रहेको मैनाजंग आधारभुत विद्यालयलाई १ लाख ५ हजार ५५ रुपिया सहयोग रकम काठमाडौमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा हस्तान्तरण गरेको हो । बागमति प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिंह तामाङले सोही वडाका वडा अध्यक्ष चन्द्र बहादुर लामा र सोही विद्यालयका ब्यबस्थापन समितिका अध्यक्षको टिमलाई संयुक्त रुपमा शनिबार हस्तान्तरण गरिएको तामाङ समाज यूएईले जनाएको छ । केही दिन पश्चात सोही विद्यालयमा पुगेर शैक्षिक सामग्री र घेषणा गरिएको नगदको चेक हस्तान्तरण गरिने पुर्व अध्यक्ष महेश मोक्तानले जानकारी दिनु भयो । त्यसैगरि सोही कार्यक्रममा सोनाम तामाङ, परेन्द्र मोक्तान र विजय घलेसहित ३ जनालाई जनही २० हजारका दरले नगद छात्रावृति समेत प्रदान गरेको छ । सोही अवसरमा एक गुम्वालाई समेत सहयोग गरेको छ । उग्य्रेन फेल्ग्येनलिंग गोन्वालाई ५० हजार नगद सहयोग गरेको समेत बताइएको छ । बैदेशिक रोजगारीको क्रममा यूएई पुगेका तामाङहरुको छाता संगठनको रुपमा क्रियासिल यो संस्थाले तामाङ स्रष्टाहरु , गायक गायिका , संगीतकर्मी , प्रतिभा सम्मान लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै जनही २० हजार सहित सम्मान पत्र , दोसल्लाद्धारा सम्मान गरेको छ । सो कार्यक्रममा बृहत सास्कृतिक कार्यक्रम हुनुका साथै रात्री भोजको समेत आयोजना गरिएको थियो ।

ताजा समाचार

Related Articles