रौतहटको चन्द्रनिगाहपुरमा ३२ औ अपाङ्गता दिवस मनाइयो

रौतहट १७ मंसिर
रौतहटको चन्द्रपुरमा अपाङ्गता भएका ब्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस मनाएका छन । अपाङ्गता समन्वय संस्था रौतहटको आयोजना र चन्द्रपुर नगरपालिकाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको अपाङ्गता समन्वय संस्था रौतहटका सचिव दिपक श्रेष्ठले तराई पोष्टलाई जानकारी दिनु भयो । सो दिवसको अवसरमा विभिन्न ब्यानर सहित चन्द्रनिगाहपुरस्थित दुर्गा मन्दिरबाट र्याली निकाल्दै पुरानो ट्राफिक कार्यालय चन्द्रनिगाहपुर बजार हुदै जनज्योती बहुमुखी क्याम्पसमा पुगेर कोण सभामा परिणत भएको थियो । सो सभाको अध्यक्षता अपाङ्गता समन्वय संस्थाका अध्यक्ष विर बहादुर घिसिङले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नेत्र प्रसाद शर्मा ,विशिष्ट अतिथिमा सामाजिक शाखा तथा वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउत , त्यसैगरि विशिष्ट अतिथिमा नेपाल मानव अधिकार संगठन रौतहटका संयोजक टेक बहादुर चौरेल लगायत विभिन्न राष्ट्रिय तथा अर्न्तराष्ट्रिय संघ संस्थाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अधिकांस बक्ताहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज ढंगबाट सरकारी सेवा सुविधाहरु पाउनु पर्नेमा जोड दिएका छन । त्यसै गरि उनीहरुले शिक्षा , स्वास्थ्य , रोजगारीका अवसरमा प्रशस्त मात्रामा प्रदान गर्नु पर्नेमा बक्ताहरुले जोड दिएका छन । कार्यक्रममा बहिरा अपांगता भएकाहरुका लागी सांकेतिक भाषाको लागी दोभासेमा उमेश यादवले समवन्य गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन भने दिपक श्रेष्ठले गर्नु भएको थियो ।

ताजा समाचार

Related Articles