महोत्तरी । मोबाइल चार्जमा हाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं–१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका वडा नं–७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

