फुलबारीका अग्निपिडितलाई रेडक्रसको सहयोग

रौतहट ११ मंसिर
रौतहटको चन्द्रपुर २ फुलबारीका अग्नि पिडित ज्ञान बहादुर जिम्वालाई सोमबार नेपाल रेडक्रस सोसाइटी चन्द्रपुरले राहत हस्तान्तरा गरेको छ। केही दिनअघि जिम्म्वाको घरमा आगलागी भइ क्षति गरेको थियो । नेपाल रेडक्रस सोसाइटी चन्द्रपुरका सभापति कृष्ण प्रसाद अधिकारी र सचिव लालबाबु साहको रोहबरमा सो राहत सामग्री हस्तान्तरण गरिएको उपशाखा चन्द्रपुरले तराई पोष्टलाई जानकारी दिएको छ । राहत सामग्रीहरुमा बाल्टिन १ थान , १ सेट भाडाकुडा ,कपडा १ सेट । डोरी १ थान , त्रिपाल १ थान , लुगा १ सेट , कम्बल १ थान सामग्री हस्तान्तरण गरिएको सभापति अधिकारीले बताउनु भएको छ ।

ताजा समाचार

Related Articles