रौतहट, १२ मंसिर । मिटर बिनानै जडान गरिएको टावर लाईटको लाईन नेपाल विद्युत प्राधिकरणले काटन थालेको छ । रौतहटको १८ वटै पालिकाले सडकको चौबाटो, खेल मैदान, मंन्दिरलाई लक्षित गरी मिटर बिनानै सडक बत्ती-टावर लाईट जडान गर्न थालेपछि नेपाल विद्युत प्राधिकरणले अभियानकै रुपमा काटन थालेको हो ।
चन्द्रपुर र वृन्दाबन नगरपालिकाले जडान गरेको ६० भन्दा बढि टावर लाईटको लाईन नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर बितरण केन्द्रले काटिसकेको जनाएका छन् । पछिल्लो समयमा पालिकाहरुले उज्यालो अभियान भन्दै अनुमती नलिकनै सिधै हुकिङ्ग गरेर जडान गर्न थालेपछि नेपाल विद्युत प्राधिकरणका बिभिन्न बितरण केन्द्रले पहिलो चरणमा लाईन काटन थालेको नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र चन्द्रनिगाहपुरका प्रमुख धिरेन्द्रकुमार यादवले जानकारी दिएको छ ।
काटिएका लाईन जडान गरी विद्युत उपभोग गरेर लाईटनै जफत समेत गर्ने उनले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले पालिका लाई पटक–पटक मिटर जडान गर्न र बक्यौता रकम तिर्न गरेको आग्रहलाई अटेर गरेपछि लाईन काटने अभियानमा प्राधिकरण थालिएको उनले बताए ।
नेपाल विद्युत प्राधिकरणले कार्तिक मसान्त भित्र सडक बत्ती÷टावर लाईट बाट उठेको महशुल बुझाउन पालिकालाई सुचना जारी गरेको थियो ।
दोस्रो पटक मंसिर ६ गते एक साताको समय दिएपनि अबैध जडान गरिएको लाईन काटन थालिएको चन्द्रनिगाहपुर बितरण केन्द्रका प्रमुख यादबले बताए ।
नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल संकलन बिनियमाबली ०७८ को बिनियम १० को प्राबधान बमोजिम लाइन काटने काम भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।

