काठमाडौं, ११ मंसिर । आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् ।
मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उनको जिकिर थियो । सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले विचौलिया र दलालहरूको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको दोहो¥याए ।
उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्न राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे। अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए ।
‘मिटरब्याजीको नाममा भ्रष्टाचार, घुसखोरी चरम सीमामा छ । यसलाई रोक्न सबैको ध्यान जाओस् । खास गरी सरकार, जसले मिटरब्याजी मार्फत गरिवलाई न्याय दिन्छु भनेको थियो । आज ती कुरा हावादारी जस्तो भयो । गरिवले न्याय पाएनन् । अन्ततः दलालले लाभ पाए । घुसखोर कर्मचारीले लाभ पाए । र, आज एउटा खेल तमासा सिडिओ कार्यालयहरूमा भईराखेको छ । त्यतातिर सरकारको ध्यान जाओस् । म विशेष आग्रह गर्न चाहन्छु । महंगी ठूलो समस्या भएको छ । सरकार निकम्ममा देखिएको छ । उनले भने ।
त्यस अवसरमा अध्यक्ष साहले राजनीतिक दलहरूले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गरे ।

