सरकारले लघुबित्त र सहकारी पिडितका समस्या समयमा पहिचान गर्न सकेन : रवि लामिछाने

रौतहट,९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले लोकतन्त्र व्यावस्थाको बिरोधमा हैन, नेताको बिकल्प खोज्नुपर्ने बताएका छ्न ।
सभापति लामिछानेले दुर्गा प्रसाँईको आन्दोलन आम जनताको दल सरकार प्रतिको निरासा भएको बताएका छन् ।
आज रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले  सरकारले लघुबित्त र सहकारी पिडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताएका हुन । सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारण समेत आम नागरिकमा निरासा छाएका बताएका छन् ।
आम नागरिकले यस्का कारण देश बिग्रदै गयो भनेर नाम लिन धेरै नेता भएका कारण समेत यो व्यावस्थाकै बिरोधमा उत्रेको बताए ।
लामिछानेले संसारकै सुन्दर व्यावस्था लोकतन्त्र भएका कारण यो व्यावस्थाको बिरोधमा हैन,लामो समय देखी यो व्यावस्था संचालन गरेका नेताको बिकल्प खोज्नुपर्ने बताए । मधेश केन्द्रीत संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक संचालक ,बिमा संचालक र उद्योग संचालक भएका कारण समेत देशको अर्थतन्त्र धरापमा पारेको बताए ।

ताजा समाचार

Related Articles