चन्द्रनिगाहपुर टेकान बसपार्कको निर्माण कार्य शुरु

रौतहट ९ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिका टेकानमा रहेको बस पार्क निर्माण कार्य सञ्चालनमा आउने भएको छ । लामो समयदेखि सो बस पार्कको निर्माण कार्य रोकिएपछि स्थानियले गुनासो गर्दै आएका थिए । सहरी विकास मन्त्रालय अर्न्तगत सघन सहरी तथा भवन निर्माण आयोजनले भवन निर्माणलाई निरन्तरता दिने भएको हो । गत चैत्र १५ गते टेकान बस पार्कसंगै जुडिबेलाको प्रवेशद्धार देखि असनवाको मुल सडकको दायाबाया नालासहित कालो पत्रे , नयाबस्तिको सडक ढलान र गैडाटारको हाट बजार ब्यबस्थापनको लागी ठेक्का लागेको थियो । यी ४ ओटा योजना सम्पन्न गर्नका लागी १६ करोड २१ लाख ३ सय ६५ रुपियाको लागतमा बिनायक प्रजिल जेभि भक्तपुरले सो ठेक्का लिएको छ । बस पार्क निर्माणको कार्य सञ्चालन गर्नका लागी रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देब प्रसाद तिमल्सिना र चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले प्राविधिकको टोलीसहित शुक्रबार बस पार्कको स्थलगत अनुगमन गर्नु भएको छ । नगर प्रमुख काफ्लेले प्राविधिकको टोलीलाई तोकिएको समय अवधिमा नै गुणस्तरीय काम गरेर सम्पन्न गर्न निर्माण कम्पनिलाई निर्देशन समेत दिनु भएको छ । गुणस्तरीय कामका लागी पटक पटक अनुगमन गर्नेु पर्ने सांसद तिमल्सिनाले जिकिर गर्नु भएको छ । बसपार्क निर्माणको काम २०८१ असोज १५ गतेभित्र सम्पन्न गरि सक्ने पर्ने बताइएको छ । आफुहरुले पाएको ती ४ ओट ठेक्काको काम मध्ये ३ ओटाको काम फटाफट सञ्चालन भइरहेको र शनिबार बाटै बसपार्क निर्माणको काम पनि सञ्चालनमा आउने ठेकेदार कम्पनिले जनाएको छ ।

ताजा समाचार

Related Articles