चन्द्रपुर, ८ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ मा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्थाले आफनो १६ औ स्थापना दिवशको अबसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार चन्द्रनिगाहपुर सहकारीको पुरानो कार्यालय अगाडी गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । नब बिकाश बचत तथा ऋण सहकारी संस्था चन्द्रनिगाहपुरको आयोजनामा नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको सोही संस्थाका प्रबन्धक यज्ञ प्रसाद प्रसाईले जानकारी दिएका छन । रक्तदानको उदघाटन सत्र कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपाल,नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका मन्त्री धमेन्द्र सिंह चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नसरे आलम,संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिभु पोखरेल,चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त आचार्य,नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाका सभापति श्रीकृष्ण अधिकारी शसस्त्र प्रहरी सन्तपुर बेस क्याम्पका शसस्त्र प्रहरी डिएसपी नबराज तामाङ लगायत अतिथि रहेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष देब बहादुर सापकोटाको अध्यक्षतामा र सचिब राजेन्द्र तिवारीको संचालनमा सम्पन्न भएको थियो ।

