रौतहट, २७ कार्तिक । रौतहट प्रहरीले १० बोरा अवैध पटाका बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी चेकजाँच टोलीले गस्ति गर्दै जाने क्रममा विभिन्न मिति र स्थानवाटभारतबाट अबैध रुपमा चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको १० बोरा अवैध पटाका बरामद गरीएको थियो ।
बिभिन्न किसिमको पडाकाहरु १० बोरा फेला पारी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेकोले उक्त अबैध पटाका स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

