लुटेरा समुहको कुटपिटबाट रौतहटमा दुई महिला घाईते

रौतहट,२७ कार्तिक । रौतहटको चन्द्रनिगाहपुरमा आईतबार राती लुटेर समुहको आक्रमणबाट दुई महिला घाईते भएकी छन् । लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेको छ । लुटपाट गर्ने क्रममा लुटेरा समूहले आक्रमण गर्दा दुई जना महिला घाइते समेत भएकी छन् ।
आइतबार राति ४ जना भन्दा बढीको संख्यामा आएका लुटेराहरुले चन्द्रपुर नगरपालिका वडा नं–५ का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ । घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरुले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले लगेको पीडित परिवारले जनाएको छ । घाइते दुवै जना महिलाहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइलाले घटनामा संलग्न लुटेरा समूहको खोजी भइरहेको बताए ।

ताजा समाचार

Related Articles