रौतहट, १७ कार्तिक । रौतहटको वृन्दावन नगरपालिकामा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको बिषयमा विवाद कायमै भएका कारण सो पालिकाका सेवा प्रभावित बनेका छन् ।
केही जनप्रतिनिधि र मेयरप्रत्यसीहरुले राजनितिक पहुँचको आधारमा नगरप्रमुख विनोदप्रसाद कुर्मीले ल्याएको प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेललाई पाखा लगाउने प्रयास गर्दै आएका हुन् ।
पटेललाई आर्थिक कारोबार गर्न नदिने उद्देश्यका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा राजनितिक पहुँचको आधारमा सोही पालिकामा निर्वाचित उपप्रमुख,वडाअध्यक्षहरु र चुनावी प्रतिसोध साध्न केही नगरप्रमुख प्रत्यासीहरु मन्त्रालयमा पुगेर चलखेल गरी पटेललाई प्रमुख प्रशासकीय अधिकृत नबाउन फुर्ती लगाउँदै आएको समचार स्रोतले जनाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन तथा पत्र अनुसार गत कार्तिक २ गते करिब साढे ११ बजे प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका रासनारायण पटेललाई तर्साउने उद्देश्यले सोही दिन कार्यालय बन्द समयमा साँझ पख केही जनप्रतिनिधिहरु उपसचिव सुरेन्द्र प्रधानलाई ल्याएर हाजिर गराएका थिए ।
मन्त्रालयले गत असोज २६ गते फतुवाविजयपुर नगरपालिकामा कार्यरत प्रधानलाई कार्यरत पालिकाको काममा बाधा नपर्ने गरी वृन्दावनको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिइएको थियो । यसमा मेयर विनोदप्रसाद कुर्मीले असन्तुष्टि व्यक्त गरेपछि उनी वृन्दावन गएनन् ।
तर, दसैँमा कर्मचारीलाई तलबलगायत आर्थिक हरहिसाब मिलान गर्न समस्या भयो । त्यसपछि मन्त्रालयले शाखा अधिकृत रासनारायण पटेललाई दुई महिनाको लागि निमित्तको जिम्मेवारी दिएको थियो ।
बिगतमा पालिकाका राम्रै कामकाज सम्हाल्दै आएका रासनाराण पटेललाई हाकिम बनाएपछि पालिकामा विकासको गतिलिने सम्भावना देखिएपछि कार्यपालिकाबाट उनलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय भएको छ । सोही निर्णय अनुसार पटेललाई वृन्दावनका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक कारोबार सम्हाल्न मन्त्रालयले जिम्मेवारी दिइएको हो ।
जिम्मेवारी पाए लगत्तै पटेलले कोष तथा नियन्त्रण कार्यालयबाट खाता सञ्चालनको अनुमति लिएर दसैंअघि कर्मचारीलाई तलबसमेत खुवाएका छन् ।
मन्त्रालयले कात्तिक १ गते प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि नगरपालिकामै कार्यरत ‘नेपाल स्वास्थ्य सेवा, हेल्थ इस्पेक्सन समूह अधिकृतस्तर छैटौं तह’ का पटेललाई जिम्मेवारी तोकेको थियो ।
तर, खाता संचालन सम्बन्धमा कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले कार्तिक १४ गते मन्त्रालयले पुनः सुरेन्द्र प्रधान नै सो पालिकाका हाकिम हुने बताएपछि सो पालिकामा विवाद कायमै रहेको छ ।
विवाद कायमै रहेपछि सो पालिकाले सर्वसाधारणलाई दिदै आएको सेवा प्रभावित बनेको छ ।
यता केही नेता भनाउदाहरुले हाकिमको राजनिति गरेर मेयर विनोदप्रसाद कुर्मीलाई फेलियर बनाउने विपक्षीको सड्यन्त्र रहेको वडानम्बर १ का वडाअध्यक्ष रामनाथ सहनीले आरोप लगाएका छन् ।

