रुपेन्द्र पटेल
रौतहट, १३ वैशाख । रौतहटमा पोखरीमा डुबेर एक पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको दुर्गाभगवती गाउँपालिका–१ पिपराटोलस्थित बह्रमस्थानको पोखरीमा डुबेर स्थानीय गौरीशंकर साह कलवारका करिब पाँच वर्षीय छोरा कृष साह कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आइतबार साँझ करिब ६ बजेतिर घरबाट करिब एक किलोमिटर टाढा रहेको उक्त पोखरीमा नुहाउने क्रममा बालक डुबेर बेपत्ता भएका थिए । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटिएको थियो ।
प्रहरीले खोजतलास गर्ने क्रममा बालकलाई फेला पारी उपचारका लागि बागमती सेन्ट्रल अस्पताल, गंगापिपरामा पु¥याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ करिब ७ बजे बालकलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

