गरुडामा लामखुट्टे नियन्त्रण अभियान सुरु, नगरपालिकाद्वारा औषधि छर्कने काम थालियो

रौतहट ३ बैशाष
गर्मीयामसँगै बढ्दो लामखुट्टेको जोखिमलाई मध्यनजर गर्दै रौतहटको गरुडा नगरपालिकाले नियन्त्रण अभियान सुरु गरेको छ। विहिबार देखि नगरपालिकाभरि लामखुट्टे नष्ट गर्ने उद्देश्यले औषधि छर्कने कार्य औपचारिक रूपमा थालिएको हो । नगरप्रमुख कन्थमुनी जयसवालले अभियानको उद्घाटन गर्दै नगरवासीको स्वास्थ्य सुरक्षा नगरपालिकाको प्राथमिकता रहेको बताए। उनले लामखुट्टेबाट सर्ने रोगहरू—जस्तै डेंगु, मलेरिया लगायतका सम्भावित जोखिम न्यूनीकरण गर्न यो पहल गरिएको स्पष्ट पारे । नगरपालिकाका अनुसार यो अभियान सबै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ । विशेष गरी पानी जम्ने स्थान, फोहोर थुप्रिने क्षेत्र तथा बढी जोखिमयुक्त बस्तीहरूलाई प्राथमिकतामा राखेर औषधि छर्किने योजना बनाइएको छ । स्थानीय बासिन्दालाई पनि घर वरिपरि सफा राख्न, पानी जम्न नदिन र सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । नगरपालिकाले जनसहभागिता बिना यस्ता अभियान प्रभावकारी नहुने भएकाले सबैलाई सहकार्य गर्न अपिल गरेको छ । यस अभियानले लामखुट्टेबाट फैलिने रोगको जोखिम घटाउने विश्वास गरिएको नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

Related Articles