आज – ०२ बैशाख २०८३ बुधवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । काममा नयाँ अनुभव थपिनेछ । संयमताले सफलता दिलाउनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजना सफल हुनेछ । माननीय जनहरुबाट सहयोग पाइनेछ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनीतिक वा सामाजिक गतिविधिमा उल्लेखनीय प्रगति हुनेछ । स्वास्थको दृष्टिकोणले समय प्रतिकूल रहनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ लगानी लगाउने अवसर मिल्नेछ । सकारात्मक दृष्टिकोण राख्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ । कार्यक्षेत्रमा कामको उचित मूल्यांकन हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धैर्य र पराक्रममा वृद्धि हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूको अनुभव उपयोगी सिद्ध हुनेछ । मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ । कला र साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । मेहनतीहरूको लागि समय निकै उत्साहजनक रहनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ । केही प्राप्त गर्नलाई कुनै वस्तु त्याग्नु पर्ला । सामाजिक गतिविधिमा व्यस्तता बढ्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा मिलेको सफलताले मन उत्साहित रहनेछ । सन्तानको भविष्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्ने छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिश्रम र योजनाबद्ध प्रयासको प्रशंसा हुनेछ । आँटेको काममा सफलता मिल्नेछ । वैवाहिक सम्बन्धमा जीवनसाथीसँग समझदारी बढ्नेछ । साझेदारी व्यापारबाट लाभ मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विभिन्न कामका अवसरहरू प्राप्त हुनेछन । व्यवसायमा फाइदा हुने योग छ । घरपरिवारमा कुनै कुरालाई लिएर असन्तोषको भावना जागृत हुनेछ । आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्लान् सचेत रहनुहोस् । आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अभिव्यक्तिको कलामा निखार आउनेछ । कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ । अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको साथ मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक समस्याहरू सुल्झिनेछ । साझेदारी व्यापारमा लाभ रहनेछ । नोकरी वा पेशामा पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने सम्भावना रहेको छ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।

ताजा समाचार

Related Articles