पर्सामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

पर्सा २५ फागुन
पर्सा जिल्लामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह उर्फ रामजनम साहलाई आइतबार राति नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार साहले ती किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई खोजी गर्न प्रहरी टोली खटिएको थियो । त्यसक्रममा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडा बाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई हाल प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित किशोरीको स्वास्थ्य परीक्षणसहित अन्य कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

Related Articles