वीरगञ्ज २४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसीया बिजयी हुनु भएको छ ।
पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालयमा आज विहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार चौरसीयाले २९ हजार ६ सय ७९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
शाक्यले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पुर्व मन्त्रि सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३ सय १३ मतको फराकिलो अन्तरले पराजित गर्दै बिजयी हुनु भएको हो । चौधरीले १६ हजार ३ सय ६६ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनमा नेकपा (एमाले) का रुपेश कुमार पाण्डेले ११ हजार ९ सय १४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चौथो स्थानमा रहनु भएका नेपाली कम्युनिष्ट पार्टीका छोटेलाल प्रसाद यादवले २ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको छ भने पाँचौ नम्बरमा जनमत पार्टीकी उम्मेद्धवार मालती कुमारी कुशवाहाले ५ सय ८३ मत प्राप्त गर्नुभएको छ ।
यसअघि पर्साको क्षेत्र नम्बर १,२ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धवारहरु बिजयी भइसकेका छन् ।

