रुपेन्द्र पटेल
रौतहट, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिर्दोष आलम निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार आलमले २९ हजार ५ सय २८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार किरणकुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिताराम खड्काले जानकारी दिए।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगिरले ९ हजार ३ सय २५ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी नेपालका रामआशिष राय यादवले २ हजार ९ सय ६० मत प्राप्त गरेका छन्। नेकपा एमालेका महम्मद अतिउल्लाहले २ हजार ३ सय ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खड्काले बताए।
निर्वाचित आलमले आफ्ना हजुरबुबा पूर्वमन्त्री स्वर्गीय शेख इद्रिस र बुबा स्वर्गीय अफ्ताब आलमको राजनीतिक विरासतलाई अगाडि बढाउँदै प्रतिनिधिसभामा पुग्न सफल भएको स्थानीय नेताहरूले बताएका छन् ।

