रौतहट, ८ फागुन । रौतहटको गरुडामा निर्वाचन सुरक्षाका लागि भर्ना भएका निर्वाचन प्रहरीले शुक्रबार विरोध प्रदर्शन गरेका छन् । निर्वाचन ड्युटीका लागि आवश्यक पोशाक बुझ्ने क्रममा ‘चेक’ मागिएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन् ।
आन्दोलनरत निर्वाचन प्रहरीले इलाका प्रहरी कार्यालय गरुडा अगाडि रहेको बीरेन्द्र राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए । सडक अवरुद्ध भएपछि केही घण्टा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो । राजमार्गमा सञ्चालन हुने सवारी साधन बीच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका थिए ।
आन्दोलनरत पक्षले पोशाक वितरणका क्रममा सुरक्षा अधिकारीहरूले अनावश्यक रूपमा चेक मागेर मानसिक तनाव दिएको आरोप लगाउँदै बाध्य भएर सडकमा उत्रिनु परेको बताए । उनीहरूले पारदर्शी रूपमा प्रक्रिया अगाडि बढाउन माग गरे ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकर आचार्यले निर्वाचन प्रहरीले लगाएको आरोप निराधार रहेको बताए । निर्वाचन प्रहरीसँग कुनै चेक नमागिएको उनले जानकारी दिए । केही प्राविधिक विषयमा गलत बुझाइका कारण स्थिति उत्पन्न भएको हुन सक्ने उनको भनाइ छ । समस्या समाधानका लागि छलफलमार्फत वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको उनले बताएका छन् ।
घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ । आन्दोलनकारी र प्रशासनबीच छलफल जारी रहेको तथा अवस्था बिस्तारै सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाइएको छ ।