मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वहीन काममा समय बित्न सक्छ समयको मूल्यलाई बुझौं । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । धार्मिक वा आध्यात्मिक पुस्तकको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक वा व्यावसायिक समस्याको समाधान हुनेछ । कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग पाइनेछ । समस्या दर्शाउँदा शुभचिन्तकहरुले साथ दिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिनको उत्तरार्धमा स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा कमी आउनेछ । अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । प्रतिक्षित नतिजाको परिणाम हजुरको अनुकूल रहनेछ । शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोस् । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन् । नोकरी वा पेशामा समयमा कार्यसम्पादन गर्नमा सहयोगीहरूको सहयोग पाइनेछ । खानपिनमा विशेष ख्याल राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सेवामूलक कामबाट लाभ मिल्नेछ। महत्त्वपूर्ण कार्यको थालनी हुनेछ । युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ । बोली प्रभावशाली रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफूभन्दा ठूलाप्रति आत्मीय भाग जाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ । आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धेरै समयदेखी लम्बिएको काम पूरा हुनेछ । नयाँ कामका विभिन्न अवसरहरू प्राप्त हुनेछन् । आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जन संगै धार्मिक कार्यमा रुचि बढ्नेछ । बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। शुभकर्म गर्नुभन्दा अघि देवी लक्ष्मीको आराधना गरौं । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रिय व्यक्तिहरूसँग भेटघाट हुनेछ । विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा लगानी बढाउने परिस्थिति उत्पन्न होला । अवसरको खोजीमा कडा मेहनत गर्नुपर्ला । आफ्नो कुरालाई स्पष्टताको साथमा राख्न सफल भइनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यक्तित्वलाई निखार्ने समय रहेको छ । प्रतिस्पर्धामा विजय प्राप्त होला । कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा लाभ मिल्नेछ । सानो प्रयासले जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।

