राैतहट २ फागुन
रौतहटको सदरमुकाम गौरस्थित घण्टीघर परिसर पछिल्लो समय सुनसान देखिएको छ। चुनावी माहोलमा प्रचार–प्रसारको उद्देश्यले स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी को अस्थायी कार्यालय अहिले निष्क्रियजस्तै बनेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार सुरुमा पार्टीका नेता तथा कार्यकर्ताको आवत–जावत बाक्लो देखिए पनि केही समययता कार्यालयमा गतिविधि शून्य छ । कार्यालयमा नियमित उपस्थिति नहुँदा घण्टीघर परिसर कुकुरहरू सुत्ने स्थलका रूपमा देखिन थालेको छ। दिउँसो होस् वा साँझ, कार्यालय वरिपरि मानिसको चहलपहल कम र कुकुरहरूको उपस्थिती बढी देखिनु विडम्बनापूर्ण रहेको स्थानीयको भनाइ छ। गौरजस्तो सदरमुकामको मुख्य चौक मानिने स्थानमा रहेको घण्टीघर क्षेत्र यसरी सुनसान बन्दा शहरको समग्र छवि प्रभावित हुने सरोकारवालाहरूको धारणा छ। चुनावी अभियानका बेला स्थापना गरिएका संरचनाको संरक्षण र व्यवस्थापनतर्फ सम्बन्धित दल तथा जिम्मेवार पक्षको ध्यान जान आवश्यक देखिएको छ ।

स्थानीयहरूले राजनीतिक दलका नेता–कार्यकर्तालाई घण्टीघरजस्तो सार्वजनिक स्थलको संरक्षण, सरसफाइ र सक्रियतामा ध्यान दिन आग्रह गरेका छन्।

