रौतहट २७ ममघ
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–पौराई सडकखण्डको लचकन पुल नजिकै केही समयअघि मालवाहक ट्रक दुर्घटनामा परेको छ । ट्रक चालकका अनुसार अचानक अगाडि आएको मोटरसाइकललाई जोगाउने क्रममा ट्रक अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किएको हो। दुर्घटनाबाट ट्रकमा आंशिक क्षति पुगेको छ । सौभाग्यवश उक्त दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा सवारी आवागमन सहज बनाइएको थियो । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ ।

