आज – २० माघ २०८२ मंगलवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। ज्ञानलाई निखार्ने समय रहेको छ । चिताएको काममा सोचेजस्तै सफलता हात लाग्नेछ । पहिलाको उपलब्धिले पनि उत्साह जगाउनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ लगानीबाट व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ । दाजुभाईमा आत्मीयता बढ्नेछ । धैर्य वा पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान सम्मानमा वृद्धि हुनेछ । पायक स्थानमा भ्रमणका योग छन् । परिवारको सहयोगले मनोबल उच्च रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ । अध्ययन अध्यापनमा गुरुजनहरूको मार्गदर्शन प्राप्त हुनेछ । रोकिएको कार्यसम्पादन हुने वा नयाँ कार्य पाइने योग छ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिलाको कमीकमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । छात्रहरूले नयाँ प्रतियोगी परीक्षाको तैयारीमा व्यस्त रहनुपर्ला । धर्मकर्ममा मन जानेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम बन्नाले मनमा उत्साह जाग्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिस्पर्धी वा मित्रहरूले सहयोगको हात फैलाउने छन् । अवसरको खोजीमा सानोतिनो दौडधुप गर्नुपर्ला । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पहिलाको कमी कमजोरीलाई सुधार्ने अवसर रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने समय रहेको छ । सञ्चित धनमा वृद्धि हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा विवादास्पद् समस्याले पछ्याउने छ । विरोधीहरू सक्रिय रहनेछन् भने मनमा मानसिक चिन्ता रहनेछ । विदेशतिरबाट शुभ सूचना मिल्ला । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। विद्यार्थीहरूको लागि अनुकूल समय रहेको छ । जीवनसाथीबाट उपहार प्राप्त होला । नोकरी वा पेशामा प्रभाव बढ्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ ।
मकर
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खानपिनमा सजगता अपनाउनुहोस । शुभ वा मांगलिक कार्यले घरपरिवारमा खुसीको माहोल रहनेछ । अनावश्यक खर्चले आर्थिक स्थिति कमजोर रहला । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ । नोकरी वा पेशामा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर पाइनेछ । नयाँ कार्यको थालनीमा अनुभवी व्यक्तिहरूको सल्लाहले महत्वपूर्ण भूमिका निभाउनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।

ताजा समाचार

Related Articles