राैतहटकाे गौरमा ३ वर्षीय नाबालक बच्चा एक्लै भेटिए

रौतहट १४ माघ
गौर नगरपालिका–५ स्थित मोनास्टिक बोर्डिङ स्कुल नजिक आज २०८२ साल माघ १४ गते बिहान करिब ३ः०० बजे एक नाबालक बच्चा एक्लै रोइरहेको अवस्थामा फेला परेकाे छ ।
स्थानीयले बाटोमा एक्लै हिँडडुल गर्दै रोइरहेको अवस्थामा करिब ३ वर्षका ती बालकलाई देखेपछि सुरक्षित रूपमा उद्धार गरी जिल्ला प्रहरी कार्यालय रौतहट, गौरमा बुझाएका हुन । बालकले आफ्नो नाम रियाज बताएको प्रहरीले जनाएको छ ।
हाल बालक प्रहरीको संरक्षणमा सुरक्षित रहेको र उनका अभिभावक वा चिनजान भएका व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । बालकलाई चिन्ने, जान्ने वा पहिचान गर्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय रौतहट, गौर को सम्पर्क नम्बर 9855040999, 9855090374 वा हटलाइन नम्बर 100 मा तत्काल जानकारी गराइदिन प्रहरीले अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles