मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक खर्च र दौडधुप हुन सक्छ । मनले विश्राम खोज्न सक्छ त्यसैले आफूलाई अलि समय दिनु राम्रो । हतारमा निर्णय गर्दा पछि असजिलो हुन सक्छ । आजके शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुराना कुरा सम्झेर मन अशान्त हुन सक्छ । ठूला निर्णय लिदा केही समय आफुलाई प्रदान गर्नु राम्रो । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यहाँहरूको लागि कामकाज र जिम्मेवारी मुख्य विषय बन्न सक्छ । मेहनत अनुसार मूल्यांकन हुने सम्भावना छ । अहंकार भन्दा समझदारी अपनाउँदा लाभ हुनेछ । आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गोप्य कुरा वा संवेदनशील विषय अगाडि आउन सक्छ सचेत रहनुहोस् । स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक देखिन्छ । जोखिमयुक्त कार्यलाई टार्नु र त्यसबाट टाढा रहनु राम्रो हुनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दैनिक कामको चाप महसुस हुन सक्छ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस । मेहनत गरे अनुसारको प्रतिफल मिल्ने योग छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घर परिवारसँग सम्बन्धित कुराले खटपट पर्न सक्छ । शान्त र धैर्यताको पालना गर्नुपर्ने समय रहेको छ । नम्र भएर रहनुहोला । दीर्घकालीन निर्णय आज नगर्नु राम्रो रहला । आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन मनोबल उच्च रहनेछ । काम, सोच र व्यवहारमा नयाँ सुरुवात हुन्छ । आफ्नो कुरा स्पष्ट राख्दा सकारात्मक प्रतिक्रिया पाइनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यहाँहरूको लागि मित्रता र सहकार्यबाट फाइदा हुने संकेत छ । समूहमा गरिएको कामले राम्रो नतिजा दिन सक्छ । आशा र उत्साह दुवै बढ्ने दिन हो । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै पनि कार्य गर्दा सोच फराकिलो रहनेछ । नयाँ कुरा सिक्ने वा फरक दृष्टिकोण अपनाउने अवसर आउन सक्छ। हतार नगरी अघि बढ्दा राम्रो अनुभव हुनेछ । आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सकारात्मक सोचको साथमा नयाँ कार्य प्रारम्भ हुनेछ । आपसी समझदारीले अड्किएको काम अघि बढ्न सक्छ । कुरा स्पष्ट राख्दा लाभ हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सिर्जनशीलता र रुचिका विषय अघि बढ्नेछन । कामबाट आराम मिल्नेछ । खानपानमा विषेश ध्यान राख्नुहोला। बाटो काट्दा र यात्रा गर्दा सावधान रहनुहोस् । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दूरसञ्चार र इन्टरनेटको माध्यमबाट टाढा बसेका आत्मीयजनसंग भलाकुसारी हुनेछ । कुरा गर्दा सही शब्दको चयन गर्नुहोस् । साथीहरुको साथ र सहयोगले काम सहज बन्नेछ । छोटो यात्रा वा छलफलबाट फाइदा हुन सक्छ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ ।

