आज – १३ माघ २०८२ मंगलवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यहाँहरूको लागि सोचेजस्तो परिणाम मिल्नेछ । केही नयाँ काम वा विचारको सुरुवात हुन सक्छ । आफ्नो निर्णयमा भरोसा राख्दा फाइदा पुग्नेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यहाँहरूको लागि सहयोग र फाइदाका संकेत क्रमश देखिनेछन् । कसैको सानो साथले ठूलो राहत दिन सक्छ । भविष्यको योजना बनाउन उपयुक्त योग रहेको छ । आजको शुभ रंग हरियो होभने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यहाँहरूको लागि भाग्यको साथ मध्यम रहने देखिन्छ । अरूबाट आशा राख्न सकिन्छ तर अत्यधिक अपेक्षा नगर्नु राम्रो । धैर्यले काम गर्दा दिन सहज हुनेछ । आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज यहाँहरूको लागि सम्बन्ध र सहकार्यको विषय अगाडि आउन सक्छ । आपसी बुझाइले काम बन्ने सम्भावना छ । कुरा स्पष्ट राख्दा अलमलको बिषय टर्नेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोच र निर्णय दुवै सन्तुलनमा राख्नुपर्ने दिन हो । पढाइ सृजनशीलता वा सन्तानसम्बन्धी विषय सक्रिय हुने योग छ । मनका उल्झनहरुलाई नियन्त्रणमा राख्दा फाइदा हुनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज यहाँहरूको लागि आत्मबल र साहस बढ्ने देखिन्छ । नयाँ कुरामा हात हाल्ने हिम्मत आउने । कुराकानी र प्रयासबाट सकारात्मक प्रतिक्रिया पाईनेछ । आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज यहाँहरूको लागि खर्च र मनको अस्थिरता नियन्त्रणमा राख्नु आवश्यक देखिन्छ । अनावश्यक काममा समय र ऊर्जा नखर्चिनु राम्रो रहला। मौनमा समय काट्नाले स्पष्टता दिनेछ साथै मनमा शान्ति मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामकाजमा स्थिरता आउने संकेत छ । जिम्मेवारी पूरा गर्दा मन सन्तुष्ट हुनेछ । रोकिएका कार्य र विषयहरु अघि बढ्नेछन् । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै पनि कार्य गर्दा सावधानी राख्नुपर्ने हुन्छ । स्वास्थ्य, गोप्य कुरा वा जोखिमसँग सम्बन्धित काम टार्नु उपयुक्त रहला । मन शान्त राख्दा परिस्थिति नियन्त्रणमा रहनेछ । आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज यहाँहरूको लागि संघर्षमा जितको संकेत देखिन्छ । मेहनतको उचित परिणाम देखिन थालेको अनुभूति हुनेछ । स्वास्थ्य र कामकाज दुवैमा सुधारको संकेत छ । प्रतिष्ठा वृद्धिको योग छ । आज यहाँहरूको लागि शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन घर र परिवारतिर बढी जाने सम्भावना छ । आन्तरिक असन्तोष महसुस भए विश्राम लिनु राम्रो। ठूला निर्णयलिनको लागि केही समय प्रतिक्षा गर्नु उपयुक्त रहला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक विषयमा सफलता मिल्नेछ । बोली र व्यवहारले असर पार्ने दिन भएकाले संयम आवश्यक छ । कार्यलाई बुझेर लगानि गर्दा निर्णयले दिन सहज हुनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ ।

ताजा समाचार

Related Articles