रौतहटबाट प्रतिबन्धित तथा उत्तेजक औषधिसहित एक व्यक्ति पक्राउ

रौतहट १२ माघ
रौतहटको गौर भन्सार कार्यालयस्थित ढाँटबाट सशस्त्र प्रहरीले प्रतिबन्धित तथा उत्तेजक औषधिसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो करिब १ः३० बजे नियमित चेकजाँचका क्रममा सशस्त्र प्रहरी वरिष्ठ हबलदार थिरबहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले राजपुर नगरपालिका–६ निवासी ३८ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएको हो । यादवले बोकेको झोला खानतलासी गर्दा नेपालमा प्रतिबन्धित विभिन्न प्रकारका औषधिहरू फेला परेका थिए । बरामद औषधिहरूमा शरीर उत्तेजक जेनेग्रा रेड ६० पत्ता (२४० ट्याब्लेट), न्यूरोबियन ३०० ट्याब्लेट, क्याल्सियम सेन्ड्रम २ बोतल, रुमाकोर्ट ४० ट्याब्लेट, डोलोजेसिक २०० ट्याब्लेट, ननफोर्स ८० ट्याब्लेट तथा ओस्टो क्याल्सियम २ डिब्बा रहेका छन् । बरामद औषधिको अनुमानित मूल्य करिब ३७ हजार १४४ रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल गुल्म गौरका डीएसपी प्रेमसागर विष्टले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका व्यक्ति तथा बरामद औषधि आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उहाले बताउनु भयो ।

ताजा समाचार

Related Articles