मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरूको लागि आफ्नै निर्णयमा अघि बढ्दा राम्रो हुनेछ । काम प्रारम्भ गर्दा आत्मविश्वासले साथ दिनेछ र प्रयासको नतिजा पाइनेछ । हतार र अनावश्यक विवादबाट टाढा रहनु राम्रो। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मिथुन राशि हुनेहरूको लागि लाभ र सहयोगको संकेत देखिन्छ । मित्र वा चिनजानबाट उपयोगी साथ पाईनेछ । योजना मिलाएर कार्य गर्दा अपेक्षित परिणाम आउनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सिंह राशि हुनेहरूको लागि भाग्य मध्यम देखिन्छ । सकारात्मक सोच राख्दा काम सहज हुँदै जानेछ । अधैर्य भएर निर्णय गर्दा फाइदा कम हुन सक्छ विचार पुर्याएर काम गर्नुहोला । आजको शुभ रंग सुनौलो र शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिनमा यहाँहरुको लागि सम्बन्धमा सन्तुलन आवश्यक रहनेछ । सहकार्यबाट काम अघि बढ्न सक्छ नहतारिनुहोला । अपेक्षा धेरै राख्दा मन खिन्न हुन सक्छ आफैमा भरोसा राख्नुहोला । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशि हुनेहरूले सोचेर बोल्नु र काम गर्नु आजलाई राम्रो हुनेछ । पढाइ वा सन्तानसम्बन्धी कुराले ध्यान तान्न सक्छ। भावनामा बग्दा निर्णय कमजोर हुन सक्छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुम्भ राशि हुनेहरूको लागि साहस र आत्मबल बढ्ने दिन हो । नयाँ प्रयासबाट सकारात्मक स्थिती सिर्जनाको संकेत देखिन्छ । कुराकानी र भेटघाट उपयोगी हुनेछ । आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वृष राशि हुनेहरूले खर्च र भावनामा नियन्त्रण राख्नु उपयुक्त हुनेछ । अनावश्यक किनमेल वा मनको उतारचढावले असहजता दिन सक्छ । एक्लै शान्त समय बिताउँदा मन हलुका हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यहाँहरुले कामकाजमा ध्यान केन्द्रित गर्नु राम्रो हुनेछ । जिम्मेवारी बढे पनि सम्हाल्न सक्ने क्षमता रहनेछ । मेहनतको राम्रोसँग कदर हुने संकेत देखिन्छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कन्या राशि हुनेहरूले स्वास्थ्य र जोखिमका विषयमा ध्यान दिनु राम्रो । अकस्मात् तनाव वा अलमल महसुस हुन सक्छ । ठुला निर्णय आज नगर्नु उपयुक्त हुनेछ । आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज वृश्चिक राशि हुनेहरूको लागि प्रतिस्पर्धामा सफलता देखिन्छ । मानसिक झन्झट वा स्वास्थ्यमा सुधार आउनेछ । मेहनतको परिणाम पाईनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मकर राशि हुनेहरूले घर परिवारको विषयमा संयमता अपनाउनु राम्रो । मन अलि भारी हुन सक्छ आराम आवश्यक छ । जग्गा वा स्थायी विषय आज टार्नु उपयुक्त हुनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मीन राशि हुनेहरूले धन र बोलीमा सन्तुलन राख्नु राम्रो । आम्दानीको स्रोत देखा पर्नेछ तर खर्च पनि देखिन्छ । कडा शब्दले सम्बन्धमा असर पर्न सक्छ बोल्दा विचार पुर्याउनुहोला । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ ।

