जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरमा स्वास्थ्य परीक्षण कार्यक्रम

रौतहट ११ माघ
राैतहटकाे  चन्द्रपुर अस्पताल प्रालिको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक कार्यालय चन्द्रपुर, रौतहटमा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ । साे कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरका प्रमुख राजेन्द्र थापा मगरको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि क्रमशः अन्य दर्जाका ट्राफिक प्रहरी तथा ट्राफिक जवानहरूको पनि स्वास्थ्य जाँच गर्ने योजना अनुसार परीक्षण प्रक्रिया अगाडि बढाइएको थियाे । स्वास्थ्य परीक्षणका लागि खटिएको प्राविधिक टोलीमा चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डा. सुवास चौधरीसहित डा. दीपक चौधरी, सुशील चौधरी र महेश चौधरी सहभागी थिए । टोलीले आज कार्यालयमै उपस्थित ट्राफिक प्रहरीहरूको स्वास्थ्य परीक्षण गरेको र बाँकीको परीक्षण चन्द्रपुर अस्पताल प्रालिमा गराइने व्यवस्था मिलाइएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरका प्रमुख राजेन्द्र थापा मगरले जाजकारी दिनुभयो । कार्यक्रमले ट्राफिक प्रहरीहरूको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी पाउन सहयोग पुग्ने तथा सेवामा थप सक्रियता र कार्य क्षमता वृद्धि हुने बताइएकाे छ ।

ताजा समाचार

Related Articles