आज – ११ माघ २०८२ आइतवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो भावनालाई बुझ्ने मौका पाउनु हुनेछ। नयाँ सोचले काम र सम्बन्ध दुवैमा सुधार ल्याउने छ। छिटो निर्णय गर्दा भ्रम बढ्न सक्छ ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ विचारहरूले संवाद र अध्ययनमा फाइदा दिनेछ । मन खुला राख्दा सिर्जनात्मक समाधान मिल्ने सम्भावना रहन्छ । अनावश्यक आवेगले भ्रम ल्याउन सक्छ सचेत रहनुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व र जिम्मेवारीले अरुको ध्यान खिच्ने र प्रतिष्ठा दिने योग रहेको छ । उद्यमशील सोचले चुनौती पार गर्न सहयोग गर्नेछ । अहंकारले सम्बन्धमा दूरी ल्याउन सक्छ संयमित रहनुहोला । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्ध र मनोबल दुवैमा सुधारको अवसर आउनेछ । सौन्दर्य कला वा रचनात्मक काममा प्रेरणा बढ्नेछ । दुविधाले निर्णय ढिला पार्न सक्छ सजग रहनुहोला । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ सोच र ऊर्जाले मनलाई उत्साहित बनाउनेछ । भविष्यका योजना र अध्ययनमा ध्यान जान सक्छ । अधुरो कामले मानसिक दबाब बढाउन सक्छ सतर्क रहनुहोला । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ विचार र कल्पनाले मनलाई फराकिलो बनाउनेछ । साथीभाइसँगको संवादले हल्का ऊर्जा दिने समय रहेको छ। अनावश्यक खर्चले असन्तुलन ल्याउन सक्छ खर्च गर्दा सजग रहनुहोला । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा शान्ति राखेर व्यवहार गर्दा सम्बन्ध बलियो हुनेछ । सहयोग र समझदारीले चुनौती सहज हुने सम्भावना रहनेछ । आलस्यले अवसर रोक्न सक्छ तसर्थ सक्रिय रहनुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मिक संवेदनशीलता बढ्ने दिन रहेको छ । मनको आवाज सुनेर काम गर्दा सफलता मिल्ने सम्भावना रहन्छ । भावनामा बगेर निर्णय गर्दा असहजता आउन सक्छ तसर्थ सजग रहनुहोला साथै ठूलाबडाको कुरा मान्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) संगठित सोचले काम र व्यक्तिगत जीवन सन्तुलित राख्नेछ । साना प्रयासले ठूलो सन्तोष मिल्ने दिन रहेको छ । स्वास्थ्यमा बेवास्ता गर्दा कमजोरी आउन सक्छ सतर्क रहनुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गहिरो सोचले योजना अघि बढाउन सहयोग गर्नेछ । आत्मविश्लेषणले गलत निर्णय कम गर्ने सम्भावना होला । सन्देह र अविश्वासले मन अशान्त बनाउन सक्छ सचेत रहनुहोला । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कामप्रतिको समर्पणले सकारात्मक परिणाम ल्याउन सक्छ । धैर्य र नियमित प्रयासले मनलाई शान्ति दिनेछ । कुराहरु मनमै दबाउँदा तनाव बढ्न सक्छ खुलस्त पार्नेकुरामा ध्यान दिनुहोला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भावनात्मक शक्ति र करुणा बढ्नेछ। मनको आवाज सुनेर निर्णय गर्दा सकारात्मक परिणाम आउने छ । टाउँको भारी लाग्न सक्ने भएकाले पानीको प्रशस्त सेवन गर्नुहोला । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ ।

ताजा समाचार

Related Articles