राैतहट कटहरियामा छुरा प्रहार : बाबु–छोरा गम्भीर घाइते

राैतहट १० माघ
रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा छुरा प्रहारको घटनामा बाबु र छोरा गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा सोही स्थानका राम एकवाल यादव र उनका छोरा रामबिलाश यादव रहेको प्रहरीको भनाइ छ ।  प्रहरीका अनुसार उनीहरू आफ्नै घर अगाडि बसेको अवस्थामा स्थानीय मनोज यादवले अचानक छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर चोट लागेका दुवैको कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरिएको छ । अवस्था गम्भीर रहेकाले थप उपचारका लागि उनीहरूलाई वीरगञ्जतर्फ रेफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घटनामा संलग्न मनोज यादवलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ भने छुरा प्रहारको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

ताजा समाचार

Related Articles