नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिकाे अध्यक्षमा उपेन्द्र गाेले चयन

रौतहट, १० माघ
नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिको विशेष नगर अधिवेशन शनिबार चन्द्रपुर नगरपालिका–६ स्थित हातेमालो सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । साे अधिवेशनबाट उपेन्द्र गोले तामाङको अध्यक्षतामा ११ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ । नवगठित समितिले संगठन सुदृढीकरण, तामाङ समुदायको पहिचान, भाषा, संस्कृति तथा अधिकार संरक्षणमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। उक्त विशेष अधिवेशनमा मधेस प्रदेशका पूर्व सभासद माननीय धनलाल थोकर प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य राम बहादुर घलान , मधेश प्रदेशका मुख्य सचिव बाल कुमार लामा र राैतहट जिल्ला घेदुङकका अध्यक्ष विरध्वज वाइबा , पुर्व केन्द्रीय सदस्य खड्क बहादुर बम्जन , पुर्व  मधेश प्रदेशका अध्यक्ष यमलाल गाेले , समाजसेवी तामाङ अगुवा वीर बहादुर गाेले , राैतहट घेदुङका सचिव भुवल बहादुर वाईबा , चन्द्रपुर नगर घेदुङ पूर्व अध्यक्ष लाल बहादुर दोङ, पूर्व सचिव सुकेन्द्रबन्धु गोले लगायत चन्द्रपुर नगर तथा वडा तहका पदाधिकारीहरू लगायत तामाङ समुदायका अगुवा तथा सदस्य महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो । अधिबेशन नगर समितिका उपाध्यक्ष ज्ञानु लामाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम नगर घेदुङका सचिव  कर्म वाइबाले संचालन गर्नु भएकाे थियाे । कार्यक्रम थोकरटोल स्थित हातेमालो सामुदायिक वनको सभा हलमा भएको थियो । अधिबेसनले उपाध्यक्ष शेर बहादुर बोम्जन ,  उपाध्यक्ष  ज्ञानु लामा मोक्तान , सचिव  कर्म वाईबा , कोषाध्यक्ष  रिस्ता घलान सदस्यहरुमा माइते सि थाेकर , साेनु माया भाेलन , छाेइसल घिसिङ लगायतका सर्वसम्मतिले निर्वाचित हुनु भएकाे छ ।


कार्यक्रमका वक्ताहरूले तामाङ समुदायको संगठनात्मक एकता, सामाजिक चेतना अभिवृद्धि तथा स्थानीय तहमा अधिकार सुनिश्चित गर्न घेदुङको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए। । साथै नवगठित नगर कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएका थिए ।

ताजा समाचार

Related Articles