चन्द्रनिगाहपुर–हरसाहा क्षेत्रको विद्युत् आपूर्ति शनिबार ९ घण्टा अवरुद्ध हुने

रौतहट, १० माघ

चन्द्रनिगाहपुर सबस्टेशनको ३३ केभी बसबारमा जडित आइसोलेटर परिवर्तन कार्य गर्नुपर्ने भएकाले शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार २०८२ साल माघ १० गते (शनिबार) बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चन्द्रनिगाहपुर ३३/११ केभी सबस्टेशन तथा हरसाहा ३३/११ केभी सबस्टेशनबाट सञ्चालित सम्पूर्ण लाइनहरू बन्द रहनेछन् । उक्त अवधिमा चन्द्रनिगाहपुर, हरसाहा तथा आसपासका क्षेत्रका उपभोक्ताहरू विद्युत् सेवाबाट अस्थायी रूपमा वञ्चित हुनेछन्। प्राधिकरणले पूर्वसूचना दिँदै आवश्यक मर्मत कार्य सम्पन्न भएपछि सेवा यथाशीघ्र पुनः सुचारु गरिने जनाएको छ । विद्युत् कटौतीका कारण पर्न सक्ने असुविधाप्रति प्राधिकरणले उपभोक्तासमक्ष क्षमायाचना समेत गरेको छ ।

ताजा समाचार

Related Articles