आज – १० माघ २०८२ शनिवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन अलि भावुक हुन सक्छ तर सिर्जनशील सोच बढ्ने दिन हो । काममा धैर्यता राख्नुभयो भने सकारात्मक परिणाम देखिन्छ । अनावश्यक वहस र आवेगपूर्ण निर्णयबाट टाढा रहनु राम्रो रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै पनि कार्य गर्दा निर्णयमा स्पष्टता चाहिन्छ । लेखन,पढाइको कुराकानीमा राम्रो प्रभाव पर्छ । भावनात्मक विषयमा वाचा नगर्नु बुद्धिमानी हुन्छ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कामप्रतिको जिम्मेवारी बढ्नेछ । ठूला योजना बनाउँदा व्यावहारिक सोच राख्नु जरुरी छ । अहंकारले सम्बन्धमा दूरी ल्याउन सक्छ सावधान रहनुहोस् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्ध सुधार्ने र मनका कुरा राख्ने अनुकूल समय रहेको छ । कला र सौन्दर्यतर्फ आकर्षण बढ्ने दिन हो । निर्णयमा ढिलाइ गर्दा अवसर चुक्न सक्छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययनको लागि यात्राको सोच आउन सक्छ । आशावादी सोचले ऊर्जा दिनेछ । अधुरो काम थाँती नराख्नु आजको दिन उपयुक्त होला । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ विचार र कल्पनाले मन उत्साहित बनाउँछ। साथीहरूसँग समय व्यतीत गर्दा मानसिक शान्ति मिल्नेछ । अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोस । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मित्रता र सहकार्यले मनलाई सन्तुलनमा राख्नेछ । समूहमा गरिएको कामले फाइदा दिन सक्छ । आलस्यले राम्रो अवसर छुट्न नदिनुहोस । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चन्द्रमाको शुभ प्रभावले मन शान्त र सकारात्मक रहन्छ । धार्मिक वा आध्यात्मिक कुरामा मन जाने दिन हो । अति भावुक निर्णयले पछि असहजता ल्याउन सक्छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सानातिना काम मिलाएर गर्दा आत्मसन्तुष्टि मिल्छ। सेवाभाव र सहयोगी व्यवहारले मन हलुका बनाउँछ । स्वास्थ्यमा लापरवाही नगर्नुहोस् साथै खानपिनमा ध्यान दिनुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज गहिरो सोच र आत्मविश्लेषण बढ्ने दिन हो । गोप्य योजना अघि बढाउन सक्नुहुन्छ । शंका र नकारात्मक सोच नियन्त्रणमा राखेर काम गर्दा फाईदा हुनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम र जिम्मेवारीमा केन्द्रित रहनुपर्ने दिन रहेको छ । मेहनतको सानो फल आजैबाट देखिन सक्छ । भावना दबाएर नराखी व्यक्त गर्नुहोला साथै अरुको भावनाको पनि कदर गर्नुहोला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मविश्वास र पराक्रममा वृद्धी हुनेछ । भावनामा बगेर निर्णय नगर्नु उत्तम हुनेछ । एकान्त र प्रकृतिमा रमाउन मन लाग्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ ।

ताजा समाचार

Related Articles