रौतहटमा आँपको रुखमा झुण्डिएको अवस्थामा अज्ञात किशोरीको शव फेला

रौतहट ९ माघ
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका–२, शीतलपुरमा अज्ञात किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शुक्रबार दिउँसो करिब १ः१५ बजे स्थानीय हरेन्द्र पटेलको खेतको आलीमा रहेको आँपको रुखमा करिब १७/१८ वर्षकी किशोरी धोतीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक अवधलाल साह सोनारको कमाण्डमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय लक्ष्मीनिया बिजयपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र यादवको नेतृत्वमा SOCO टोलीसहित थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हालसम्म मृतक किशोरीको नाम, थर तथा ठेगाना खुल्न नसकेको र कुनै आफन्त सम्पर्कमा नआएकाले शवको पहिचान हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकलाई पहिचान गर्न सक्ने वा जानकारी भएका व्यक्तिले जिल्ला प्रहरी कार्यालय रौतहटको मोबाइल नम्बर ९८५५०९०३७४ वा प्रहरी हटलाइन १०० मा सम्पर्क गर्न प्रहरीद्वारा हार्दिक अनुरोध गरिएको छ।

ताजा समाचार

Related Articles