राैतहट ९ माघ
रौतहटको राजदेवी नगरपालिका–१ स्थित पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो। दुर्घटनामा परेर प्र.२-०३-०१८ प ३३४६ नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका–२, पिपरा बजारका ३० वर्षीय अशोक महतो गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। त्यस्तै, अर्को मोटरसाइकल BR30AF 2370 नम्बरका चालक राजदेवी नगरपालिका–२, हजमनियाका २९ वर्षीय अरबिन्द महतो पनि दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


