रौतहट ८ माघ
“फौजदारी कसूरको अनुसन्धान गर्ने प्रहरी कार्यालयहरूको अनुगमन तथा निरीक्षण मापदण्ड, २०८१” बमोजिम जिल्ला प्रहरी कार्यालय रौतहटमा अपराध अनुसन्धान शाखामा अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ । बुधबार दिउँसो तालुक मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाबाट पाल्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले अपराध अनुसन्धान शाखाको अनुगमन तथा निरीक्षण गर्नु भएको हो । अनुगमनका क्रममा अपराध अनुसन्धानको प्रक्रियामा देखापरेका सबल पक्षहरू, सुधार गर्नुपर्ने विषयहरू तथा अनुसन्धानका क्रममा आइपरेका चुनौतीहरूको समीक्षा गरिएको थियो । सो अवसरमा वरिष्ठ उपरीक्षक थापाले अनुसन्धान कार्यलाई थप प्रभावकारी, व्यावसायिक र परिणाममुखी बनाउने सम्बन्धमा आवश्यक निर्देशन दिनु भएको जनाइएको छ । उक्त अनुगमन तथा निरीक्षणले अपराध अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

