रौतहट २९ असोज
रौतहटको चन्द्रनिगाहपुरमा तिब्र गति जीवन क्षति भन्ने नाराका साथ सिभिल हस्पिटलले जनहितका लागी एक कार्यक्रम सोमबार सम्पन्न गरेको छ । चाडवाड नजिकिएसंगै हुन सक्ने दुर्घटनाबाट बच्न संयमता अपनाउन आफुहरुले जनहितमा यस्तो कार्यक्रमको आयोजना गरिएको सिभिल हस्पिटलले जनाएको छ । सिभलि हस्पिटल चन्द्रपुर र जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको जिल्ल ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । तिब्र गति जीवनमा क्षति , दुर्घटना रहित शहर , हामी सबैको रहर भन्ने नारा तथा अन्य दुर्घटना न्युनिकरण गर्ने चेतनामुलक सन्देशहरु प्रवाह गरेका थिए ।