रौतहट २९ असोज
रौतहट प्रहरीले विजया दशमी , तिहार तथा छठ पर्वको लक्षित गरि सिमा क्षेत्रमा कडाइ गरिएको बताइएको छ । खुल्ला सिमा नाका भएका कारण चाडपर्वको मौका छोपी अबैध समानहरु ओसारपसार गर्ने भएकाले सिमा नाकाहरुमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले बताउनु भयो । श्रेष्ठले चाडपर्व सुरक्षा योजना लागु गरिएको बताउनु भयो । सिमा क्षेत्रमा हुने अबैध ओसारपसार , अबैध मदिरा भट्टी तोडफोड , अपराधिक गतिविधि , लुटपाट , चोरी , सवारी चेकजाच लगायतका कार्यहरुलाई तिव्रता दिइएको उहाको भनाइ रहेको छ । चाडपर्व सुरक्षा योजना अर्न्तगत पर्वमा ब्यस्त सर्वसाधरणलाई कुनै किसिमको अवाञ्छित कार्य हुन नदिन जिल्ला प्रहरी कार्यालयसहित प्रत्येक युनिटहरु र मातहतका क्षेत्रमा गस्ति कार्यलाई तिब्रता बढाइएको श्रेष्ठले जानकारी दिनु भयो । चाडवाडको नाममा कुनै पनि चोरी निकासी तथा अन्य अप्रिय घटनाहरु घटना नदिने उहाको दावी रहेको छ ।

